
नविना निरौला
काठमाडौं । गत माघ २८ मा पेट्रोल, डिजेल तथा मट्टितेलमा दुई–दुई रुपैयाँ, एलपी ग्यासमा २५ रुपैयाँले बढेको मूल्य फागुनको पहिलो साता नै फेरि प्रतिलिटर दुई रुपैयाँले बढ्यो । नेपाल आयल निगमले हवाई इन्धनको मूल्य समेत प्रतिलिटर दुई रुपैयाँका दरले बढायो ।
निगमले फागुनको १७ गते मध्यरातबाट लागू हुने गरी पुनः पेट्रोल, डिजेल र मट्टितेलमा दूई–दुई रुपैयाँ प्रतिलिटरका दरले मूल्य वृद्धि गरेर पेट्रोल प्रतिलिटर १ सय १६ र डिजेल तथा मट्टितेलको मुल्य ९९ रुपैयाँ पु¥याएको छ ।
१५ दिनमा स्वचालित मूल्य समायोजन हुने भए पनि दुई सातामा तीनपटकको वृद्धिलाई भने अस्वभााविक रूपमा हेरिएको छ । निगमले एकातर्फ प्रत्येक वर्ष कर्मचारीलाई बोनस बाँड्न जगेडा कोषमा अर्बाैं राख्ने गरेको छ भने अर्कोतर्फ उपभोक्ताको ढाड सेक्नेगरी मूल्य बढाउने गरेको छ ।
५८ रुपैयाँ १७ पैसामा किनेको पेट्रोल १ सय १६ रुपैयाँ र ५९ रुपैयाँ २१ पैसामा किनेको डिजेल ९९ रुपैयाँमा बेचिरहेको आयल निगमले पटक–पटक घाटामा नै रहेको दाबी गरिरहन्छ । उपभोक्ता प्रतिको दायित्व बोधले घाटा खाएरै थोरै मात्र मूल्य वृद्धि गरेको निगमका प्रवक्ता विनितमणी उपाध्याय बताउनुहुन्छ ।
सरकारी स्वमित्वकोे संस्था निगमको अभिभावकीय भूमिका नहुनु दुःखद भएको उपभोक्ताकर्मीको गुनासो छ । खरिद मूल्य बराबर नै राजस्व, मूल्य अभिवृद्धि कर जस्ता अनेक कर उपभोक्ताको टाउकोमा थोपरेको निगमको गैर जिम्मेवारीपनलाई जति निन्दा गरे पनि नपुग्ने उपभोक्ताकर्मी ज्योति बानियाँ बताउनुहुन्छ ।
प्रति लिटर ५६ रुपैयाँसम्म कर लाग्ने मुलुक नेपाल बाहेक अरू नभएको उहाँको भनाइ छ । कर मात्र कम गर्ने हो भने पनि उपभोक्तालाई बोझ कम हुने बानियाँ बताउनुहुन्छ । निगमको ध्यान कर्मचारीको बोनस र विचौलिया पोस्नमै केन्द्रीत हुँदा उपभोक्ताले महंगीको मार खेप्नुपरेको उहाँको भनाइ छ ।
कोभिडका कारण केही समय ओरालो लागेको पेट्रोलियम पदार्थको मूल्य पछिल्लो दुई हप्तामा तीन पटक सम्म बढेपछि उपभोक्तालाई अन्य वस्तुमा हुने मूल्य वृद्धिको चिन्ताले सताउन थालेको छ ।
प्रतिक्रिया दिनुहोस्