
बैतडी । दशरथचन्द नगरपालिकामा मंगलबारदेखि चौथो संस्करणको मेयर कप क्रिकेट प्रतियोगिता सुरु भएको छ ।
प्रतियोगिताको उद्घाटन नेपाल क्रिकेट संघ क्यानका अध्यक्ष चतुरबहादुर चन्द र जिल्ला समन्वय समितिका प्रमुख सिद्धराज भट्टले गर्नुभएको हो ।
उद्घाटन खेलमा वडा नं १० बाराकोटले शानदार जित हात पारेको छ । उसले वडा नं १ गुरुखोलालाई १० विकेटले स्तब्ध पारेको हो । प्रतियोगिताअन्र्तगत भोलि दुई खेल हुनेछन् ।
दशरथचन्द नगरपालिकाको सहयोग र नगरक्रिकेट समितिको आयोजनामा सुरु भएको प्रतियोगितामा ११ टोली सहभागी छन् ।
फागुन २५ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेता टोलीले ७५ हजार पुरस्कार पाउने नगर क्रिकेट समितिका संयोजक रमेश भट्टले जानकारी गराउनुभयो ।
प्रतिक्रिया दिनुहोस्