
एजेन्सी । इटालीयन फुटबल क्लब युभेन्टसका पोर्चुगिज खेलाडी क्रिश्चियानो रोनाल्डोले क्लब फुटबलमा नयाँ किर्तीमान राखेका छन् ।
उनले युरोपका शिर्ष ५ लिगमा लगातार १२ सिजनसम्म कम्तिमा २० गोल गर्ने किर्तीमान बनाएका हुन् ।
इटालीयन सिरी ए अन्तर्गगत गएराति स्पेजिया विरुद्धको खेल युभेन्टसले ३–० ले जित्यो ।
उसका लागि रोनाल्डोसँगै अल्भारो मोराटा र फेडेरिको चिएसाले एक एक गोल गरे । यो खेलमा गोल गरेका रोनाल्डोले जारी सिजनमा २० गोल पूरा गरे ।
क्लब फुटबलमा लगातार १२ सिजनसम्म कम्तिमा २० गोल गर्ने रोनाल्डो पहिलो खेलाडी हुन् । उनले अहिलेसम्म क्लब करियरमा ६ सय लिग खेल खेलेका छन् ।
जारी सिजनको सिरी ए मा युभेन्टस २४ खेलबाट ४९ अंकसहित तेस्रो स्थानमा रहेको छ ।
शिर्ष स्थानको इन्टर मिलानको ५६ अंक छ भने ५२ अंकसहित एसि मिलान दोस्रो स्थानमा रहेको छ ।
प्रतिक्रिया दिनुहोस्