
काठमाडौं । ललितपुरको नख्खु दोबाटोमा जीपको ठक्करबाट एक किशोरीको मृत्यु भएको छ ।
आज विहान ५ बजे बाटो काट्दै गरेकी सिन्धुपाल्चोक घर भइ बागडोल बस्ने १९ वर्षीया अन्जु दाहाललाई स १ ज ५६७ नम्बरको जीपले ठक्कर दिएको थियो ।
अन्जु कोटेश्वर क्याम्पसमा अध्ययनरत रहेको बुझिएको छ । ठक्करपछि उनको उपचारको लागि ग्वार्कोस्थित बिएन्डबी अस्पताल लग्ने क्रममा मृत्यु भएको हो ।
प्रहरीले जीप र चालक प्रविण गिरीलाई नियन्त्रणमा लिएको छ । मृतकका आफन्तहरूले राहत र दोषीमाथि कारबाहीको माग गर्दै अस्पताल अगाडि प्रदर्शन गरिरहेका छन् ।
प्रतिक्रिया दिनुहोस्