१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


दाहाल–नेपाल स्थायी कमिटी बैठक– संसदीय दलको नेताबाट ओलीलाई हटाउने निर्णय


0
Shares

काठमाडौं । दाहाल–नेपाल समूहको स्थायी समिति बैठकले संसदीय दलको नेताबाट प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाउने निर्णय गरेको छ ।

बुधबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको बैठकले ओलीलाई संसदीय दलको नेताबाट हटाएर नेता फेर्ने निर्णय गरेको हो । स्थायी समितिको बैठकका निर्णयलाई केन्द्रीय कमिटी बैठकमा लगिनेछ ।

स्थायी कमिटी बैठकले प्रधानमन्त्री ओलीको स्थानमा पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई संसदीय दलको नेता चयन गर्ने निर्णय गरेको छ ।

केन्द्रीय कमिटी बैठकले स्थायी कमिटीको निर्णय अनुमोदन गरेपछि बस्ने संसदीय दलको बैठकमा दाहाल–नेपाल समितिका नेताहरूले संसदीय दलको नेता फेर्ने प्रस्ताव राख्नेछन् ।