१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


‘बी’ डिभिजन लिगः नयाँबस्ती र टुसाल बराबरीमा


0
Shares

काठमाडौं । सहिद स्मारक ‘बी’ डिभिजन लिग फुटबलमा नयाँबस्ती युवा क्लबले टुसाल युथ क्लबसँग बराबरी खेलेको छ ।

बुधबार भएको खेलमा नयाँबस्तीले टुसालसँग १–१ गोलको बराबरी खेलेको हो । एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा नयाँबस्तीले एक गोलको अग्रता जोगाउन नसक्दा बराबरीमा चिक्त बुझाउन बाध्य भयो ।

खेलको ३९ औं मिनेटमा विवेक गुरुङले गोल गर्दै नयाँबस्तीलाई अग्रता दिलाएका थिए । तर, खेलको ७१ औं मिनेटमा एलोन राईले गोल गर्दै टुसाललाई १–१ गोलको बराबरी ल्याए ।

बराबरीसँगै नयाँबस्तीले ९ खेलमा १२ अंक जोडेको छ । नयाँबस्ती छैटौं स्थानमा रहेको छ । टुसाल ९ खेलमा ८ अंक जोडेर सातौं स्थानमा रहेको छ ।