१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


बैठकअघि १ सय ६५ सांसद्सहित ४ सय ८२ जनाले लगाए कोरोनाविरुद्धको खोप


0
Shares

काठमाडौं । ४ सय ८२ सांसद तथा संसद सचिवालयका कर्मचारीले कोरोनाको खोप लगाएका छन् ।

प्रतिनिधिसभा बैठक अघि संसद सचिवालयका कर्मचारी, सुरक्षाकर्मी र सांसदहरूलाई खोप लगाउन आग्रह गरेसँगै बुधबार दिनभर ४ सय ८२ जनाले खोप लगाएको सिभिल अस्पताल खोप केन्द्रले जनाएको छ ।

बुधबार १ सय ६५ सांसद् र कर्मचारी, मर्यादापालक, सुरक्षाकर्मी गरी ३ सय १७ जनाले खोप लगाएका हुन् । प्रतिनिधिसभामा २ सय ७५ जना सांसद् छन् ।