१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


म्यानमारमा सुरक्षाकर्मीको ज्यादती, एकैदिन मारिए ३८ प्रदर्शनकारी


0
Shares

काठमाडौं । म्यानमारमा प्रदर्शनकारी र सुरक्षाकर्मीबीच झडप हुँदा ३८ जना मारिएका छन् ।

गत फेब्रुअरी १ मा जननिर्वाचित सरकारलाई अपदस्त गरेर सेनाले सत्ता नियन्त्रणमा लिएपछि जारी आन्दोलनका क्रममा झडप हुँदै आएका छन् ।

सेनाले सत्तारुढ दलकी नेतृ आङसाङ सूचीसहित नेताहरुलाई नियन्त्रणमा लिएर सत्ता हातमा लिएको थियो ।

विभिन्न दलका नेताहरुको रिहाइको माग गर्दै दिनहुँ भइरहेका प्रदर्शनमा सुरक्षाकर्मीले अत्याधिक बल प्रयोग गरेर दमन गरेको भन्दै म्यानमार प्रशासनको संयुक्त राष्ट्रसंघलगायतका विभिन्न निकायले आलोचना गरेका छन् ।

गत नोभेम्बरमा भएको निर्वाचनमा धाँधली भएको भन्दै नयाँ निर्वाचन गराउने घोषणा गरेको सेनाले म्यानमारमा एक वर्षका लागि संकटकालको घोषणासमेत गरेको छ ।

विभिन्न छिमेकी मुलुकले संकट समाधानका लागि आवश्यक परे सहयोग गर्ने जनाएको एक दिनपछि सेनाले प्रदर्शनकारीविरुद्ध अत्याधिक बल प्रयोग गरेर दमन गरेको बीबीसीले जनाएको छ ।

म्यानमार का लागि राष्ट्रसंघीय राजदूत क्रिस्टिन श्रानेर बुर्गेनरले दमनमा अझ बढी सर्वसाधारण्को मृत्यु र दमन भएको दावी गरेका छन् । उनले सेनाले बल प्रयोग गर्दा भएको मानविय क्षतिको विवरण लुकाइएको पनि बताए ।

उनले आन्दोलन सुरु भएयता म्यानमार सरकारले करिब १२ सय सर्वसाधारणलाई हिरासतमा लिएको बताए । एजेन्सी