
फाइल फोटो
काठमाडौं । नेपाली कांग्रेसका पदाधिकारीहरुको बैठक आज बस्दैछ ।
पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा छलफल गर्न पदाधिकारी बैठक बस्न लागेको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।
सभापति शेरबहादुर देउवाले दिउँसो ३ बजे बूढानीलकण्ठस्थित निवासमा पार्टीका पदाधिकारी, पूर्व पदाधिकारी तथा प्रभावशाली नेताहरुलाई छलफलका लागि बोलाउनु भएको छ ।
हिजो चितवन पुगेर सभापति देउवाले प्रधानमन्त्रीको प्रस्ताव आए जिम्मेवारीबाट पछि नहट्ने अभिव्यक्ति दिनुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्