१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


गाँठो फुकाउने जिम्मा कांग्रेसको भएपनि सरकारमा भने जान नहुने : नेता पौडेल


0
Shares

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीसँग कुनै पनि हालतमा सहकार्य नहुने बताउनु भएको छ । आज प्रेस युनियन चितवनले भरतपुरमा गरेको कार्याक्रममा बोल्दै नेता पौडेलले अहिलेको राजनीतिका दोषी प्रधानमन्त्री भएकाले कांग्रेस प्रतिपक्षमा नै बस्नुपर्ने बताउनु भएको हो । उहाँले राजनीतिक गाँठो फुकाउने भूमिका कांग्रेसमा आएपनि सरकारमा भने जान नहुने बताउनु भएको छ ।

नेता पौडेलले संवैधानिक नियुक्ति पुरा असवैधानिक भएको बताउनुभयो । उहाँले निर्वाचन आयोगको भूमिकाप्रति टिप्पणी गर्दै आयोग कर्तव्यच्युत भएको आरोप लगाउनुभयो । उहाँले ऐन नियम कानुनमा जे छ सोही अनुसार निर्वाचन आयोगले निर्णय गर्नुपर्नेमा नेकपा दल विभाजमा आयोग कर्तव्य च्युत भएको र व्यक्ति हेरेको बताउनुभयो ।