
काठमाडौं, फागुन २० । सरकार र नेत्रविक्रम चन्द नेतृत्वकोसमूहबीच ३ बुँदे सहमति भएको छ । सरकार र चन्द नेतृत्वको समूहबीच भएको वार्ताले तीन बुँदे सहमति गरेको हो ।
बिहीबारको वार्तापछि सरकारी वार्ता टोलीका संयोजक एवम् गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र विप्लव समूहको वार्ता टोली संयोजक एवम् प्रवक्ता खड्कबहादुर विश्वकर्माले हस्ताक्षर गरेको संयुक्त प्रेस नोट पनि सार्वजनिक गरिएको छ ।
सरकार र विप्लव समूहबीच तीन बुँदे सहमति पत्रमा हस्ताक्षर भएको उल्लेख गर्दै प्रेस नोटमा विप्लव नेतृत्वको नेकपाले सम्पूर्ण राजनीतिक क्रियाकलापहरु शान्तिपूर्ण रुपमा सन्चालन गर्ने उल्लेख छ ।
सरकारले भने विप्लव समूहमाथि लगाएको प्रतिबन्ध हटाउने सहमति गरेको छ । हिंसात्मक गतिविधिमा संलग्न रहेको भन्दै सरकारले विप्लव समूहमाथि २८ फागुन २०७५ मा प्रतिबन्ध लगाएको थियो ।
प्रतिक्रिया दिनुहोस्