
काठमाडौं । सुनचाँदीको मूल्य आज फेरि घटेको छ । आज सुन तोलामा एक हजार रुपैयाँले घटेको छ ।
आज छापावाला सुन प्रतितोला ८६ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
हिजो भने सुनको मूल्यमा बढोत्तरी भएको थियो । हिजो सुन प्रतितोला ५०० रुपैयाँले वृद्धि भएर ८७ हजार ५०० रुपैयाँमा किनबेच भएको थियो ।
यस्तै तेजाबी सुन प्रतितोला आज ८६ हजार ५० रुपैयाँ कायम भएको छ ।
आज चाँदीको भाउ पनि ओरालो लागेको छ ।
आज चाँदी तोलामा ३० रुपैयाँले घटेर प्रतितोला एक हजार २८५ रुपैयाँ कायम भएको छ ।
अघिल्लो कारोबार दिन चाँदी २५ रुपैयाँले उकालो लागेर प्रतितोला एक हजार ३१५ रुपैयाँ तोकिएको थियो ।
प्रतिक्रिया दिनुहोस्