
काठमाडौं । प्रतिनिधिसभा र राष्ट्रिय सभाका सांसदहरूलाई कोरोना विरुद्धको खोप लगाउने बिहीबार पनि लगाइएको छ ।
बुधबारदेखि सिभिल अस्पताल नयाँ बानेश्वरमा प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसदलाई कोरोना विरुद्धको खोप दिन सुरु गरिएको थियो ।
बुधबार लगाउन नभ्याएका सांसदलाई बिहीबार पनि खोप लगाइएको हो । बिहीबार राष्ट्रियसभा सदस्य वामदेव गौतम लगायतका सांसदहरूले कोरोना विरुद्धको खोप लगाएका छन् ।
खोप लगाइसकेपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै राष्ट्रिय सभा सदस्य गौतमले खोपबाट केही हुन्छ कि भनेर जेष्ठ नागरिकले शंका गर्नु नपर्ने बताउनुभयो ।
बिहीबार संघीय संसद सचिवालयका कर्मचारीहरू, स्वकीय सचिव लगायतका कर्मचारीहरू र ट्राफिक, बम डिस्पोजल, कुकुरबाट चेकजाँच गर्ने लगायतका सुरक्षाकर्मीलाई खोप दिइने संघीय संसद सचिवालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्