१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


अखाद्य चिनी लिलाम गर्दै रावस्व अनुसन्धान कार्यालय


0
Shares

बारा । राजस्व अनुसन्धान कार्यालय पथलैयाले आयातकर्ताको मिलोमतोमा गत वर्ष म्याद गुजे्रको खान अयोग्य ७२ टन केजी चिनी लिलाम गर्ने प्रक्रिया थालेको छ ।

नष्ट गर्ने प्रक्रिया छाडेर राजस्व अनुसन्धानले पुनः नमूना खाद्य परीक्षणका लागि जनकपुर पठाएपछि मिलोमतो हुनसक्ने आशंका गरिएको हो ।

करिब ८० लाखको उक्त चिनी अयोग्य भए पनि मदिरा उत्पादनमा मिसावट गर्ने भित्री उद्देश्यका साथ आयातकर्ताहरूको मिलोमतोमा लिलामी पक्रिया थालिएको पाइएको छ ।

उपभोक्ता संरक्षण मञ्चका केन्द्रीय उपाध्यक्ष अजय अधिकारीले अखाद्य चिनी पुन परीक्षण थाल्नु शंकाको विषय भएको बताउनुभयो ।

राजस्व अनुसन्धान कार्यालय पथलैयाका प्रमुख टंक पाण्डेले चिनी व्यवस्थापन गर्न उच्च अदालत र विभागको निर्देशनअनुसार पुन परीक्षण गर्न जनकपुर पठाइएको र राजस्वका कारण लिलाम गरी व्यवस्थापन गरिने जानकारी दिनुभयो ।