
काठमाडौं । जसरी खेलको बीचमा राम्रो खेलाडीले मैदान छाड्दैन । त्यसैगरी भर्खर जागृत हुँदै गरेको सपनालाई अलपत्र पारेर म पनि अलप हुन्न ।
भनिन्छ नि, आशाको दियो बलिरह्यो भने शान्ति, प्रेम र विश्वासको जग मजबुत तुल्याउन सकिन्छ । कुनै समय मुर्छित रहेका हाम्रा सपनालाई सबै मिलेर जगाऔँ । म पुनः आग्रह गर्छु ( मोरे स्वास्थ्यलाई पलएर यहाँहरु ढुक्क हुनुहोस् ।
मिर्गाैला प्रत्यारोपण गर्नुअघि प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारबाट भिडियो सन्देश जारी गर्दै यिनै अभिव्यक्ति दिएका थिए ।
दोस्रो मिर्गौला प्रत्यारोपणपछि ६९ वर्षीय ओली झन् सक्रिय देखिएका छन् । स्वदेशमै मिर्गौला प्रत्यारोपण गराएका मुलुकका कार्यकारी प्रमुखको सक्रियाता र आत्मविश्वास देखेर उपचारमा संलग्न चिकित्सक पनि चकित छन् ।
समान्यतयाःमानिसको शरीरमा एउटा वा दुईवटा मिर्गौला हुन्छ । तर, प्रधानमन्त्रीका ओलीको शरीरमा चारवटा मिर्गौला छन् । ती मिर्गौलामध्ये एउटा मिर्गौले मज्जासँग काम गरिरहेको छ । त्यही प्रत्यारोपित मिर्गौलाको भरमा उनी सक्रिय छन् । अन्नपूर्ण
प्रतिक्रिया दिनुहोस्