
एजेन्सी । बेलायती खोप निर्माता कम्पनी अक्सफोर्ड–एस्ट्राजेनेका र युरोपेली युनियनबीचको विवाद बढेको छ ।
सो विवादका कारण इटालीले अष्ट्रेलिया पठाउन लागेको अक्सफोर्ड एस्ट्राजेनेकाको खोप रोकिदिएको छ ।
बहुराष्ट्रिय कम्पनी एस्ट्राजेनेकाले इटालीमा उत्पादन गरेको कोरोना खोपको २ लाख ५० हजार डोज अष्ट्रेलिया पठाउन कार्गो पानी जहाजमा राखिसकेको अवस्थामा इटाली सरकारले रोकिदिएको हो ।
इटालीको यो कदमलाई युरोपेली युनियन इयुले समर्थन गरेको छ । आफूसँग गरेको सहमति अनुसार एस्ट्राजेनेकाले खोप दिन नसकेपछि कम्पनीसँग युरोपेली युनियन रुष्ट छ ।
इयुले यसअघि नै सम्झौता अनुसारको खोप प्राप्त नभए एस्ट्राजेनेकालाई कारबाही गर्ने बताएको थियो ।
अष्ट्रेलियाले पनि एक खेप खोप रोकिँदैमा कोभिड नियन्त्रण र रोकथामको अभियानमा खासै ठूलो असर नपर्ने प्रतिक्रिया दिएको छ ।
प्रतिक्रिया दिनुहोस्