२ चैत्र २०८१, शनिबार | Sat Mar 15 2025


दुई वर्ष भूमिगतपछि सार्वजनिक भए ‘विप्लव’,गाडीबाट काठमाडौं आउँदै


0
Shares

काठमाडौं । भूमिगत भएको करीब दुई वर्षपछि नेत्र बिक्रम चन्द ‘विप्लव’ सार्वजनिक हुनु भएको छ ।

सरकार र विद्रोही नेत्र बिक्रम चन्द नेतृत्व समूहविच वार्ता सहमतिमा पुगेपछि नेकपाका महासचिव ‘विप्लव’ आज सार्वजनिक हुनु भएको हो । यससँगै विप्लवको पहिलो तस्बिर पनि सार्वजनिक भएको छ ।

महासचिव विप्लवले नवलपरासीमा सहिद परिवार भेटघाट गरि काठमाडौ प्रस्थान गर्दै हुनुहुन्छ । उहाँ आज गाडीबाट काठमाडौ आउँदै हुनुहुन्छ । सरकारले हेलिकप्टर पठाउने तयारी गरेपनि विप्लवले अस्वीकार गर्नु भएको स्रोतले जनाएको छ ।

तस्वीर : प्रकाश डुम्रेको फेसबुकबाट