
ताप्लेजुङ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समुहका नेता योगेश भट्टराईले पार्टी एकताको सम्भावना अझै पनि जिवितै रहेको बताउनु भएको छ ।
नेकपा विभाजन र एकताको लडाइमा रहको भन्दै पार्टीको एकताका लागि पहिलो तहका नेताले आफुले आफैलाई पराजित गर्न सके एकताको सम्भावना बलियो हुने उहाँले बताउनुभयो ।
प्रेस संगठनले ताप्लेजुङमा गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले एकताका लागि पहिलो चरणमा प्रधानमन्त्री केपी ओलीले प्रधानमन्त्री पद त्याग्नुपर्ने बताउनुभयो ।
त्यसपछि पुष्पकमल दाहाल र माधव नेपालले प्रधानमन्त्री पदमा नजाने घोषणा गर्न आवश्यक रहेको उहाँको तर्क छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्री पद त्यागेर पार्टी एकताको ढोका खोल्न उहाँले आग्रह गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्