
काठमाडौं । विप्लव समूहका महासचिव नेत्रविक्रम चन्द (विप्लव) काठमाडौं आइपुग्नु भएको छ ।
राष्ट्रिय सभागृहमा आज प्रधानमन्त्री केपी शर्मा ओली र ‘विप्लव’ले संयुक्त रुपमा सम्बोधन गर्ने विशेष समारोहलाई सम्बोधन गर्न ‘विप्लव’ काठमाडौं आइपुग्नु भएको हो ।
बिहीबार सरकारसँग भएको वार्तामा विप्लव समूह र सरकारबीच तीन बुँदे सहमत्ति भएको थियो ।
सहमत्तिका केही बुँदाहरु हिजै सार्वजनिक गरिएपनि ओली र विप्लवले संयुक्त रुपमा विस्तृत विवरण आज सार्वजनिक गर्ने कार्यक्रम तय भएको छ ।
सोही समारोहमा प्रधानमन्त्री ओली र महासचिव विप्लवले तीन बुँदे सहमति पत्रमा समेत हस्ताक्षर गर्नेछन् ।
सो सहमतिलाई हिजै बसेको मन्त्रिपरिषद बैठकले अनुमोदन गरिसकेको छ ।
संसदवादी दलहरुबाट जनक्रान्ति सफल नहुने भन्दै छुट्टै पार्टी गठन गरी आफ्ना गतिविधि सुरु गरेको यो समुहले हत्या, हिंसालाई अंगालेको भन्दै सरकारले २०७५ फागुन २८ गते प्रतिबन्ध लगाएको थियो ।
त्यसयता विप्लव सार्वजनिक कार्यक्रममा देखिनुभएको छैन् ।
प्रतिक्रिया दिनुहोस्