
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विप्लव समूहका महासचिव नेत्रविक्रम चन्द विप्लव प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुग्नु भएको छ ।
आज बिहान नवलपरासीबाट काठमाडौँ आउनु भएका विप्लव सोझै बालुवाटार प्रवेश गर्नु भएको हो । विप्लवसँगै पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा पनि बालुवाटार जानुभएको छ ।
सरकार र विप्लव समूहबीच हिजो मात्रै तीन बुँदे सहमतिमार्फत शान्ति वार्ता सफल भएको घोषणा गरिएको थियो ।
उक्त सहमतिबारे बिस्तृत विवरण आज सार्वजिनक गर्ने तयारी छ । राष्ट्रिय सभागृहमा दिउँसो २ बजे आयोजना हुने उक्त समारोहमा विप्लव र प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
प्रतिक्रिया दिनुहोस्