
काठमाडौं । महानगरीय प्रहरी प्रभाव नागढुङ्गाले २२ तोला सुन सहित एकजना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा नकुवार जनदारा हाउडा घर भएका ३१ वर्षीय तपस सस्मल रहेका छन् ।
वीरगञ्जबाट काठमाडौं आउँदै गरेको ना १ ज ७९२१ नम्बरको टाटासुमोलाई नागढुङ्गा चेकपोष्टमा जाँच गर्दा २२ तोला ३२ लाल परिमाणको २४ थान सिक्री भेटिएको थियो ।
भारतीय नागरिक सस्मलको झोलामा सुन फेला परेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख अशोक सिंहले जानकारी दिनुभयो ।
पक्राउ परेका भारतीय नागरिकलाई थप अनुसन्धानको लागि राजस्व अनुसन्धान विभाग पठाइएको छ
प्रतिक्रिया दिनुहोस्