
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’बीच बालुवाटारमा दोस्रो भेट भएको छ ।
शुक्रबार नवलपरासीबाट प्रहरीले स्कर्टिङ गरी काठमाडौं ल्याएका महासचिव ‘विप्लव’ सिधै बालुवाटारमा जानुभएको थियो । त्यहाँ उहाँले प्रधानमन्त्री ओलीसँग भेट गर्नुभएको थियो ।
प्रधानमन्त्रीसँगको भेटपछि पार्टीका साथीहरुसँग आन्तरिक छलफल गरेका विप्लवले पुनः प्रधानमन्त्रीसँग भेट गर्नुभएको वार्ताटोलीका सदस्य एवं प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईले जानकारी दिनुभयो ।
प्रधानमन्त्री ओली र महासचिव विप्लव एकैपटक राष्ट्रिय सभागृहमा प्रवेश गर्नुभएको छ ।
प्रतिक्रिया दिनुहोस्