
गैंडाकोट । नारायणगढ–मुग्लिङ सडक खण्ड दैनिक साढे ४ घण्टा बन्द हुने भएको छ ।
सडक खण्डको चार किलो भन्ने स्थानमा पहिरो रोकथामको बाँकी काम हुने भएकाले फागुन २३ देखि २९ गते सम्म दैनिक साढे घण्टा सडक बन्द हुने जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ ।
सडक बिहान साढे १० बजेदेखि दिउँसो ३ बजेसम्म सडक बन्द हुने ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक दयाकृष्ण भट्टले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्