
काठमाडौं । पश्चिम अफ्रिकी मुलुक सेनेगलमा विपक्षी नेता पक्राउको विरोधमा हिंसा भड्कंदा चार जनाको मृत्यु भएको छ ।
सार्वजनिक नियमको अवज्ञा गरेको अभियोगमा ओस्मान सोन्को पक्राउ परेपछि राजधानी डरलगायतका शहरमा केही दिन यता लगातार प्रदर्शनहरु भैरहेका छन् । ४६ वर्षिय सोन्कोको रिहाइको माग गर्दै भैरहेको प्रर्दशनमा प्रहरीले बल समेत प्रयोग गरेपछि प्रदर्शन थप उग्र बनेको छ ।
सोन्कोमाथि बलात्कारको आरोप पनि लागेको छ । उनले आफुमाथिका आरोपहरु राजनीति प्रेरित रहेको बताएका छन् । पश्चिम अफ्रिकी मुलुककै अन्यन्तै शान्त मुलुक सेनेगलमा भड्किएको हिंसालाई लिएर संयुक्त राष्ट्रसंघले चिन्ता व्यक्त गर्दै सबैलाई शान्त रहन आह्वान गरेको छ । एजेन्सी
प्रतिक्रिया दिनुहोस्