१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


राष्ट्रपतिद्वारा मुस्कानलाई बधाई


0
Shares

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले किशोरी मुस्कान खातुनलाई बधाई दिनुभएको छ ।

तेजाब आक्रमणविरुद्ध कडा कानुन र सजायका लागि साहसिक अभियान सञ्चालन गरेवापत प्रतिष्ठित ‘अन्तरराष्ट्रिय साहसी महिला पुरस्कार’ खातुनलाई प्रदान गरिने भएपछि राष्ट्रपतिले बधाई दिनुभएको हो ।

राष्ट्रपति भण्डारीले शनिबार ट्वीटमार्फत खातुनले तेजाब आक्रमणको असह्य पीडालाई शक्तिमा बदलेकामा प्रशंसा गर्नुभयो । साथै उहाँले पुरस्कार दिलाउने अमेरिकी सरकारलाई पनि धन्यवाद ज्ञापन गर्नुभएको छ ।