१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


३ लाख ४८ हजार डोज खोप भोलि आउने


0
Shares

काठमाडौं । सरकारले ल्याउन लागेको ३ लाख ४८ हजार डोज कोरोनाविरुद्धको खोप भोलि (आइतबार) आइपुग्ने भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव लक्ष्मण अर्यालले कोभ्याक्समार्फत उक्त परिमाणको खोप आइतबार काठमाडौं आइपुग्ने जानकारी दिनुभयो ।

युनिसेफ फर एभ्री चाइल्ड र विश्व स्वास्थ्य संगठनले शनिबार काठमाडौंमा आयोजना गरेको अन्तर्क्रिया कार्यक्रममा बोल्दै सचिव अर्यालले कोभ्याक्समार्फत आउने कुल २२ लाख डोज खोपमध्ये ३ लाख ४८ हजार डोज खोप आउन लागेको बताउनुभयो ।

चीनले दिने भनेको ८ लाख खोप पनि चाँडै आउने उहाँले जानकारी दिनुभयो ।