
काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले आफ्नो ७०औं वार्षिकोत्सव विभिन्न कार्यक्रम गरेर मनाएको छ । सोही क्रममा चेम्बरले आज काठामाडौंमा दौड प्रतियोगिता आयोजना गरेको छ ।
दौड प्रतियोगिताका विजयीहरूलाई नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाले पुरस्कार वितरण गर्नुभयो । रन फर फन नाम दिएको प्रतियोगितामा ३१५ जना खेलाडी सहभागी भएका थिए ।
पुरस्कार वितरण समारोहमा चेम्बरका अध्यक्ष राजेश काजी श्रेष्ठले स्वस्थ शरीर, स्वस्थ मन र स्वस्थ समाज स्थापनाका लागि दौड प्रतियोगिता आयोजना गरिएको बताउनुभयो ।
विद्यार्थी, सञ्चारकर्मी र व्यवसायीका अलग अलग दौड प्रतियोगिता गरिएको थियो । कार्यक्रममा वरिष्ठ म्याराथन धावकहरू वैकुण्ठ मानन्धर र रामकृष्ण महर्जनलाई सम्मानित गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्