
काठमाडौं । छैटौं संस्करणको प्रधानसेनापति खुला म्याराथनको उपाधि त्रिभुवन आर्मी क्लबका कृष्ण बहादुर बस्नेतले जितेका छन् ।
भद्रकालीमा शनिबार भएको म्याराथनमा निर्धारित दूरी २ घण्टा २१ मिनेट ५९ सेकेण्डमा पूरा गर्दै कृष्णले उपाधि जितेका हुन् । भारतीय सेनामा कार्यरत तीर्थकुमार पुन दोस्रो भए ।
तीर्थले निर्धारित दुरी २ घण्टा २२ मिनेट २२ सेकेण्डमा पूरा गरे । आर्मीका होमलाल श्रेष्ठ २ घण्टा २३ मिनेट ३२ सेकेण्डको समय सहित तेस्रो भए ।
महिला हाफ म्याराथनको उपाधि एपीएफ क्लबकी पुष्पा भण्डारीले जितिन् । निर्धारित दुरी १ घण्टा १७ मिनेट ३३ सेकेण्डमा पार गर्दै पुष्पाले उपाधि जितेकी हुन् । पुष्पाले लगातार दोस्रो वर्ष उपाधि जितेकी हुन् ।
आर्मीकी विश्वरूपा बुढाले १ घण्टा २० मिनेट ९ सेकेण्डको समय निकाल्दै दोस्रो स्थान हासिल गरिन् । एपीएफकी बिन्दा श्रेष्ठ १ घण्टा २४ मिनेट ४६ सेकेण्डको समयसहित तेस्रो भइन् ।
प्रतिक्रिया दिनुहोस्