
काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोभिड–१९ विरुद्धको खोप प्रदान गर्ने प्रक्रियालाई नरोक्ने बताउनुभएको छ ।
शनिबार बैंक तथा वित्तीय संस्था परिसंघ, नेपालको प्रथम वार्षिक साधारण सभालाई सम्बोधन गर्दै अर्थमन्त्री पौडेलले कोभिडविरुद्धको खोप प्रदान गर्ने प्रक्रियालाई नरोकी अगाडि बढाउने बताउनुभयो । लक्षित समुदायमा खोप पु¥याउने उहाँको दावी छ ।
अर्थमन्त्री पौडेलले सरकारले समृद्धिको अभियानका लागि बैंक तथा वित्तीय संस्थाहरू, उद्योगहरूको मनोबललाई उठाएर अघि बढाउन महत्त्वपूर्ण काम गरेको जिकिर पनि गर्नुभयो ।
अर्थमन्त्री पौडेलले सरकारले उत्पादनमुलक उद्योग र होटल पर्यटन क्षेत्रको लागि पनि विद्युत्को माग शुल्क छुट दिने निर्णय गरेको पनि जानकारी दिनुभयो । उहाँले बैंक तथा वित्तीय संस्थाहरूको समस्या समाधानको लागि छलफल गर्न मन्त्रालय तयार रहेको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्