१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


मध्य तमोर जलविद्युत् आयोजनामा कार्यरत दुई मजदुरको ज्यान गयो


0
Shares

ताप्लेजुङ । तमोर नदीमा निर्माणाधीन मध्य तमोर जलविद्युत् आयोजनामा कार्यरत दुई जना मजदुरको ढुंगाले किचेर ज्यान गएको छ ।

ज्यान गुमाउनेमा उदयपुरका २२ वर्षीय अमर विश्वकर्मा र भोजपुरका २८ वर्षीय सन्तोष बानियाँ रहेका छन् ।

शनिबार दिउँसो २ बजे सुरुङ भित्र काम गरिरहेको उनीहरूको माथिबाट झरेको ढुङ्गाले किचेर घटनास्थलमै ज्यान गएको आयोजनाका करण गौतमले बताउनुभयो ।

उनीहरू थुम्बाबाट मित्लुङ तर्फ निस्कने आउटलेट सुरुङभित्र काम गर्दै थिए । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।