१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


लेष्टर सिटी दोस्रो स्थानमा


0
Shares

काठमाडौं । ब्राइटनलाई हराउँदै लेष्टर सिटी इंग्लीश प्रिमियर लिग फुटबलको दोस्रो स्थानमा उक्लिएको छ ।

ब्राइटनको मैदानमा भएको खेलमा लेष्टर सिटीलाई विजयी गराउन केहेची इहिनाचो र ड्यानियल अमार्टेले एक एक गोल गरे । ब्राइटनका लागि एडम लालानाले एक गोल फर्काएका थिए । जितसँगै लेष्टर सिटी २८ खेलबाट ५३ अंक जोड्दै तालिकाको दोस्रो स्थानमा उक्लिएको छ ।

एक खेल कम खेलेको म्यान्चेस्टर सिटी ६५ अंकसहित शिर्ष स्थानमा रहेको छ । प्रिमियर लिगमा गएराति आर्सनललाई बर्न्लेले १–१ गोलको बराबरीमा रोक्दा एस्टन भिल्ला र वुल्भरह्याम्पटन वान्डरर्स गोलरहित बराबरीमा रोकिएका छन् । गएराति साउथह्याम्पटनले शेफिल्ड युनाईटेडलाई २–० ले हरायो । एजेन्सी