
काठमाडौं । स्पेनिस लिग फुटबलमा बार्सिलोनाले ओसासुनालाई २–० ले हराएको छ । गएराति ओसासुनाको मैदानमा भएको खेलमा बार्सिलोनालाई विजयी गराउन योर्डी अल्बा र इलाइज मोरिबाले एक एक गोल गरे ।
दुवै गोलमा लियोनल मेस्सीले सहयोग गरेका हुन् । जितपछि दोस्रो स्थानको बार्सिलोनाको २६ खेलबाट ५६ अंक भएको छ । दुई खेल कम खेलेको एथ्लेटिको मड्रिड ५८ अंकसहित शीर्ष स्थानमा रहँदा एक खेल कम खेलेको रियाल मड्रिड ५३ अंकका साथ तेस्रो स्थानमा समेटिएको छ ।
ला लिगा अन्तर्गत गएराति भएका अन्य खेलहरुमा रियाल भालाडोलिडले गेटाफेलाई तथा एल्चेले सेभियालाई २–१ ले हराएका छन् । गएरातिको खेलमा काडिजले आईबारमाथि १–० को जित निकाल्यो । एजेन्सी
प्रतिक्रिया दिनुहोस्