१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


कोभ्याक्स सुविधाअन्तर्गतको ३ लाख ४८ हजार डोज खोप आउँदै


0
Shares

काठमाडौं । विश्व स्वास्थ्य संगठनले उपलब्ध गराउने कोभ्याक्स सुविधा अन्तर्गतको ३ लाख ४८ हजार डोज कोरोनाविरुद्धको खोप आज काठमाडौं आइपुग्ने भएको छ ।

भारतको सिरम कम्पनीले उत्पादन गरेको खोप आज काठमाडौं आइपुग्ने भएको हो । यो खोप बेलायतको अक्सफोर्ड विश्वविद्यालय र अस्ट्राजेनकाले विकास गरेको कोभिसिल्ड खोप हो ।

कोभ्याक्स सुविधा अन्तर्गत नेपालले २० प्रतिशत नागरिकलाई पुग्ने गरि १ करोड ३० लाख डोज खोप विभिन्न चरणमा निशुल्क प्राप्त गर्नेछ ।