
काठमाडौं । पाँच महिनादेखि प्रदेश २ को प्रदेश सभा बैठक बस्न सकेको छैन । पछिल्लो पटक चौँथो प्रदेश सभाको अधिवेशन कात्तिक ३ गते बसेर ४ गते अन्त्य भएको थियो ।
बैठक बोलाउन मुख्यमन्त्री लालबाबु राउतलाई प्रतिपक्षी दलसहित सत्तारुढ दलका सांसदहरुले दबाब दिएपनि आनाकानी गर्दै आएको आरोप छ । प्रदेश सभाको पछिल्लो अधिवेशन नसकिँदै संसदीय दलको नेता फेरबदलका विषयमा विवाद हुँदै आएको छ ।
संसदीय समिति चयन गर्न जिम्मेवारी पाएका समाजवादी पार्टीबाट मुख्मयन्त्री बनेका राउत र राजपाबाट भौतिक पुर्वाधार मन्त्री बनेका जितेन्द्र सोनलले आफ्नै पद जाने डरले यसलाई लम्ब्याइरहेको विपक्षीको आरोप छ । बैठक बस्न नसक्दा प्रदेश सभामा थन्किएका दर्जनौँ विधेयक अघि बढ्न सकेका छैनन् ।
प्रतिक्रिया दिनुहोस्