१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


‘कोभ्याक्स’ सुविधाअन्तर्गतको कोरोना खोप नेपालमा


0
Shares

काठमाडौं, फागुन २३ । कोभ्याक्स सुविधामार्फत् उपलब्ध गराइएको साढे ३ लाख डोज कोरोना खोप नेपाल आइपुगेको छ ।

खोप लिएर आएको टर्किस एयरलाइन्सको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो ।

कोभ्याक्स सुविधाअन्तर्गत नेपालले पाएको खोपको पहिलो खेप ३ लाख ४८ हजार डोज खोप बुझ्न स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयश त्रिपाठी विमानस्थलमै पुग्नुभएको थियो ।

अक्सफोर्ड विश्वविद्यालय र एस्ट्राजेनेकाले विकास गरेको यो खोप पनि भारतको सिरम इन्सटिच्युटले उत्पादन गरेको हो ।

स्वास्थ्य मन्त्रालयका अनुसार कोभ्याक्स सुविधाअन्तर्गत नेपालले २० प्रतिशत नागरिकलाई पुग्ने खोप विश्व स्वास्थ्य संगठनमार्फत् प्राप्त गर्नेछ ।

दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क)मा कोभ्याक्समार्फत नेपालसँगै बंगलादेश र श्रीलंकाले पनि खोप पाउने छन् ।