२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


प्रतिनिधिसभा बैठक : सबै कार्यसूची हटाएर शोक प्रस्ताव मात्र पारित हुने


0
Shares

Parliament meeting room

काठमाडौं । प्रतिनिधिसभाको आजको पहिलो बैठकका सम्भावित सबै कार्यसूची हटाएर शोक प्रस्ताव मात्र पारित गरिने भएको छ ।

नेकपाको विवाद पनि चलिरहेको र कार्यव्यवस्था परामर्श समितिको बैठक समेत बस्न नसकेको अवस्थामा सभामुखले अन्य कार्यसूची नराख्न निर्देशन दिएका हुन् ।

संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेका अनुसार आजको बैठक शुरु हुनासाथ राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पढेर सुनाइने र यसबीचमा निधन भएका १४ जना पूर्व सांसदको निधनमा शोक प्रस्ताव पारित गरेर बैठक सकिनेछ ।