६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


अधिकारका लागि महिलाहरुको लडाइ अझ सशक्त हुनुपर्छ : राष्ट्रपति


13
Shares

काठमाडौं । राष्ट्रपति विद्या भण्डारीले नेपालको संविधानले व्यवस्था गरेअनुसार राजनीतिक तथा हरेक सार्वजनिक निकायमा महिलाको समानुपातिक सहभागिता प्राप्तिका लागि कार्यान्वयन तहमा थप प्रयत्न आवश्य रहेको बताउनु भएको छ ।

अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति भण्डारीले अधिकारका लागि महिलाहरुको लडाइ अझ सशक्त हुनुपर्ने बताउनु भएको हो ।

संसारभरका विभिन्न क्षेत्रमा काम गर्ने महिलाले हासिल गरेका राजनीतिक, आर्थिक र सामाजिक उपलब्धीहरुको स्मरण गर्दै महिला अधिकार र तथा लैंगिक समानताको पूर्ण प्राप्तिका लागि निरन्तर लागिपर्नुपर्ने बताउनुभयो ।