२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


सभामुखसँग ओली आक्रोशित


0
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सभामुख अग्नि सापकोटाले समन्वय नगरेको भन्दै आक्रोश व्यक्त गर्नुभएको छ ।

हिजो साँझ प्रधनमन्त्री निवास बालुवाटारमा आफू निकट सांसदहरुसँगको छलफलमा प्रधानमन्त्री ओलीले संसद बैठक सुरु हुनुअघि सभामुख सापकोटाले कार्य व्यवस्था परामर्श समितिको बैठक नबोलाएको भन्दै आक्रोश व्यक्त गर्नुभएको हो ।

उहाँले सभामुख सापकोटाले हतास मनस्थितिमा बैठक सञ्चालन गरेको आरोप समेत लगाउनुभयो ।

सर्वोच्च अदालतको फैसलालाई स्वागत गर्दै प्रधानमन्त्री ओलीले आगामी दिनमा कसरी अगाडि बढ्ने भन्ने विषयमा समेत स्पष्ट मार्गचित्र प्रस्तुत गर्नुभएको नेताहरुले बताएका छन् ।

पार्टी एकताका क्रममा देखिएका कमीकमजोरीलाई सच्च्याएर अगाडि बढ्ने र एकतालाई नयाँ आधारमा अगाडि बढाउने विषयमा प्रधानमन्त्रीले ब्रिफिङ गर्नुभएको थियो ।