१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


नागरिकहरुलाई घर दैलोमै पुगेर पौष्टिक आहार पनि प्रदान


0
Shares

काठमाडौं । रसुवाको उत्तरगया गाउँपालिकाले ७० वर्ष उमेर भन्दा माथिका जेष्ठ नागरिकलाई सम्मान गरेको छ । पाँचवटै वडाका जेष्ठ नागरिकहरुलाई घर दैलोमै पुगेर पौष्टिक आहार पनि प्रदान गरिएको छ ।

त्यसैगरी गाउँपालिकाले स्वास्थ्य परीक्षण, आँखा शिविर तथा उपचार सेवा सञ्चालन गरेको छ । स्वास्थ्य बिमाले समेट्ने आधारभूत उपचार स्थानीय निकायबाटै उपलब्ध गराउने नीति सरकारले लिएअनुसार गाँउपालिकाले जेष्ठ नागरिकहरूलाई घर दैलोमै पुगेर पौष्टिक आहार प्रदान गरेको हो ।

स्वास्थ्य सेवाको पहुँचबाट टाढा रहेका तथा घरपरिवारबाट अपहेलित भइ एक्लो जीवन बिताइरहेका जेष्ठ नारिकलाई सेवा प्रदान गरीएको हो । जेष्ठ नागरिकलाई घरदैलोमै पुगेर सम्मान तथा अन्य स्वास्थ्यका सेवाहरु प्रदान गरिएको उत्तरगा गाउँपालिकाका उपाध्यक्ष चमेली गुरुङले बताउनुभयो ।

गर्मी मौसम सुरु भएसँगै गाउँपालिका भरी रहेका ७० बर्ष उमेर भन्दा माथिका पाँच सय जना जेष्ठ नारिक संक्रमित रोगहरुबाट जोगाउनका लागि गाउँपालिकाले घर दैलोमै पुगेर पौष्टिक आहार प्रदानसहित स्वास्थ्य परीक्षण, तथा आँखा शिविर सञ्चालन गरीएको हो ।