
एजेन्सी । स्पेनिस क्लब बार्सिलोनाको नयाँ अध्यक्षमा जोन लापोर्टा निर्वाचित भएका छन् । अध्यक्ष पदको निर्वाचनबाट लापोर्टा अध्यक्षमा निर्वाचित भएका हुन् ।
स्पेनिस राजनीतिज्ञ तथा वकिल समेत रहेका लापोर्टा दोस्रो पटक अध्यक्ष चुनिएका हुन् । यस अघि लापोर्टा सन् २००३ देखि १० सम्म अध्यक्ष रहेका थिए ।
निर्वाचनमा उनले ५४.३ प्रतिशत मत पाएका थिए । अध्यक्षको प्रत्यासी भिक्टर फन्ट र टोनीलाई पछि पार्दै लापोर्टा अध्यक्षमा निर्वाचित भएका हुन् ।
निर्वाचनमा ५५ हजार ६ सय ११ सदस्यले मतदान गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्