
काठमाडौं । छालाको स्याहार गर्ने विश्वको नम्बर वान ब्राण्ड निभियाले फूडमाण्डु र दराज नेपालसँग सहकार्य गरेको छ ।
अन्तर्राष्ट्रिय १ सय ११ औं नारी दिवसको अवसर पारेर निभियाले उद्यमीमार्फत महिलालाई सशक्तिकरण गर्ने उद्देश्यका साथ अनलाइन् सपिङ्ग स्टोर दराज र फूडमाण्डुसँग सहकार्य गरेको घोषणा गरेको हो ।
यो सहकार्यले नेपालमा रेष्टुरेण्ट व्यवसाय सञ्चालन गरिरहेका महिला उद्यमीहरुलाई पहिचान दिन र अद्भूत उपलब्धि हाँसिल गर्न मद्दत गर्ने बताइएको छ ।
निभिया, फूडमाण्डु र दराजको अग्रसरता लिइएको यो अभियानले अन्य महिलाहरुलाई अवसरहरु सिर्जना गर्ने, चुनौती स्वीकार्नलाई हौसला प्रदान गर्ने महिलाहरुको उपलब्धिहरुलाई अझ व्यापक बनाउने उद्देश्य लिएको छ ।
२०२१ को अन्तर्राष्ट्रिय नारी दिवसले तय गरेका ‘छनौट नै चुनौती’ हो भन्ने नारालाई पछ्याउँदै सफल उद्यमीहरुले आफ्ना सफलताका कथा सुनाएर अरुलाई हौसला प्रदान गर्ने अभियानको उहेश्य छ ।
निभिया इण्डियाका एसोसिएट डाइरेक्टर सुधाँशु कृष्णले महिला उद्यमीहरुलाई एउटा मञ्च उपलब्ध गराउन चाहेको बताउनु भयो ।
‘जहाँ उनीहरु आफ्नो सफलताका कथा सुनाउन सकुन्, उत्सव मनाउन सकुन् र
अन्य महिलाहरुले उनीहरुको उत्सवमा साथ दिन सकुन्’, कृष्णले भन्नुभयो ।
फूडमाण्डुकी ब्राण्ड मार्केटिङ्ग म्यानेजर दिक्षा महतले निभिया जस्तो ब्राण्डसँग सहकार्य गरेर आफ्नै स्थान बनाएका महिलाहरुको अद्वितीय उपलब्धिहरुलाई मनाउन र सहयोग गर्न पाएकोमा खुशी व्यक्त गर्नुभयो ।
अभियानाको विस्तार स्वरुप महिला दिवस मनाइरहेका सबै फूडमाण्डु प्रयोगकर्ताहरुलाई निभियाको प्रोडक्टहरुमा २० प्रतिशत सम्मको छुटको अफर दराजले राखेको छ ।
अभियानको सुरुवात स्वरुप ४ जना महिला उद्यमीहरुको कथा र अनुभवलाई एक रुचीकर भिडियो मार्फत् प्रस्तुत गरिएको छ । रेष्टुरेन्ट सञ्हचालन गरेर बसेका अँशुज् होममेड किचन, चाइना टाउन, पिज्जा कनेक्सन र डिटक्स क्याफे सञ्चालकरुले आफ्ना अनुभवहरु सुनाएका छन् ।
प्रतिक्रिया दिनुहोस्