
एजेन्सी । आज मार्च ८ तारिख अर्थात अन्तर्राष्ट्रिय महिला दिवस । महिलाको सुरक्षा विश्वभर नै गम्भीर विषय बनिरहेको अवस्था छ । यस्तो अवस्थामा विश्वभर एकदमै कम देशमात्र छन्, जहाँ महिलामाथिको हिंसा, अत्याचार र यौन हिंसाका घटनाहरू हुँदैनन् ।
महिलालाई घरबाट एक्लै निस्कनसमेत सुरक्षित नभएको अवस्थामा केही यस्ता देशहरु पनि छन्, जहाँ महिला कुनै डर त्रासविना यात्रा गर्न सक्छन् । यी देशहरुलाई महिलाको लागि सबैभन्दा बढी सुरक्षित मानिन्छ ।
फिनल्याण्ड, क्यानडा, न्यूजिल्याण्ड, उरुग्वे, स्वीट्जरल्याण्ड, बेल्जियम, अस्ट्रिया, आइसल्याण्ड, जापान र चिली महिलाहरुको लागि सबैभन्द सुरक्षित देश रहेको एक अनुसन्धानले देखाएको हो । यी देशहरुमा महिलामाथि हुने हिंसा र अन्य घटनाहरु एकदमै कम हुने गरेको अध्ययनको ठहर छ ।
प्रतिक्रिया दिनुहोस्