१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


अर्बपति मुकेश अम्बानीको घरनजिकै बम


0
Shares

एजेन्सी । भारतमा अर्बपति मुकेश अम्बानीको घर नजिकै विष्फोटक पदार्थ भेटिएको छ । विष्फोटक पदार्थ गाडीमा लोड गरेर राखिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

भारतीय गृह मन्त्रालयको आदेशपछि उक्त विस्फोटक पदार्थलाई भारतको नेशनल इन्भेष्टिगेशन एजेन्सीले डिस्पोज गर्ने जिम्मा लिएको बीबीसीले जनाएको छ ।

दक्षिण मुम्बइमा रहेको मुकेश अम्बानीको घर नजिकै गत २५ फेब्रुअरीमा पनि स्कार्पियो गाडिबाट बम बरामद गरिएको थियो ।