२५ चैत्र २०८१, सोमबार | Mon Apr 7 2025


आफूहरू एमालेमै फर्किने झलनाथको प्रतिक्रिया


0
Shares

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को दाहाल–नेपाल समूहका वरिष्ठ नेता झलनाथ खनालले आफूहरू पूर्वएमालेमै फर्किने बताउनुभएको छ ।

पेरिसडाँडा बसेको स्थायी कमिटीको बैठकबाट बाहिरिने क्रममा वरिष्ठ नेता खनालले नेकपा एमाले, नेकपा एमालेकै बाटोमा र नेकपा माओवादी केन्द्र उसकै बाटोमा लाग्ने बताउनुभएको हो ।

खनालले एमाले मै गएर ओलीविरुद्ध संघर्ष गर्ने पनि जानकारी दिनुभयो । यो नै दाहाल–नेपाल समूहको अन्तिम स्थायी कमिटी बैठक हुनसक्ने उहाँको भनाइ छ । बैठक पेरिसडाँडामा अझै जारी छ ।

बैठकमा सहभागी नेता रघुजी पन्तले प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहालले पार्टी एकताको लागि फेरि छलफल गर्नुपर्ने बताउनुभएको थियो ।