८ बैशाख २०८२, सोमबार | Tue Apr 22 2025


चुरे वन क्षेत्रमा चोरी निकासी बढ्दै


0
Shares

सिन्धुली । सिन्धुली जिल्लाको चुरे भावर क्षेत्रको जंगलमा साल जातको काठको चोरी निकासी बढेर गएको छ ।

कमलाखोच क्षेत्रको चुरे अवस्थित रानिवास, निपाने लगायत करिव आधा दर्जन भन्दा बढी सामुदायिक वन तथा सरकारी वन क्षेत्रमा चोरी निकासी बढेको हो ।

डिभिजन वन कार्यालय तथा सव डिभिजनका कर्मचारीहरुको बेवास्ताका कारण वन क्षेत्रमा अवैैध चोरी निकासी बढेर गएको हो । वन रक्षक र वन कर्मचारीहरुले नियमित रात्री गस्ती र अनुगमनको कार्य हुन नसक्दा चोरी निकासी बढेको छ ।