१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


१५ वर्षीया बालिकामाथि ८ दिनसम्म सामुहिक बलात्कार, दुई नाबालिग


0
Shares

एजेन्सी । भारतको राजस्थानमा १५ वर्षीया बालिकामाथि आठ दिनसम्म लगातार सामुहिक बलात्कार भएको छ ।

बालिकालाई नशालु पदार्थ खुवाएर आठ दिनसम्म फरक–फरक स्थानमा लगेर सामुहिक बलात्कार गरेको प्रहरीलाई उद्धृछ गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

शुक्रबार आरोपीबाट फुत्किएर उनी घर पुगेपछि प्रहरीमा खबर गरिएको थियो । सामुहिक बलात्कारमा संलग्न भएको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार चारमध्ये दुई नाबालिग हुन् ।

२५ फेब्रअरीमा सामान किन्न बजार गएकी उनलाई बजारमै नशालु पदार्थ खुवाइएको प्रहरीले जनाएको छ । पीडितले फरक–फरक स्थानमा लगेर कम्तीमा पनि नौ जनाले बलात्का गरेको बताएकी छन् । प्रहरीले नौ मध्ये पाँच जनाको खोजी कार्यलाई जारी राखेको छ ।