१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


मेयर कप क्रिकेटमा आज दुई खेल हुँदै


0
Shares

काठमाडौं । मेयर कप एक दिवसीय क्रिकेट प्रतियोगितामा आज दुई खेल हुँदैछन् । त्रिवि क्रिकेट मैदानमा अहिले केही बेरमा एपीएफ क्लब र बागमती प्रदेशबीचको खेल हुँदैछ ।

यस्तै मूलपानी क्रिकेट मैदानमा पनि केही बेरमै नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबबीचको खेल हुँदैछ । हिजो भएको खेलमा त्रिभुवन आर्मीले मेयर–११ लाई ५ विकेटले हराएको थियो । काठमाडौं ११ ले दिएको एक सय ५६ रनको लक्ष्य आर्मीले २३ ओभर ५ बलमा मात्रै ५ विकेट गुमाएर भेट्टाएको हो ।