
काठमाडौं । काठमाडौं मेयर्स कप एकदिवसीय क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबले दोस्रो जित निकालेको छ । त्रिभुवन आर्मी क्लबलाई ३ विकेटले पराजित गर्दै पुलिसले दोस्रो जित निकालेको हो ।
मंगलबार मुलपानी क्रिकेट मैदानमा आर्मीले दिएको ८८ रनको लक्ष्य पुलिसले १८ ओभर ३ बलमा ७ विकेट गुमाएर पूरा गर्यो । पुलिसको जितमा सुनिल धमलाले सर्वाधिक ३९ रन बनाए । यस्तै पवन सर्राफले अविजित २२ रन जोडे । दिलिप नाथले १५ रन बनाएर आउट भए ।
आर्मीका शाहब आलम एक्लैले ७ विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको आर्मीले ३० ओभर १ बलमा अलआउट हुँदै ८७ रन बनाएको थियो । आर्मीका लागि लोकेश बमले सर्वाधिक ३२ रन बनाए । यस्तै बिक्रम सोबले १४ रन जोड्दा रोहित पौडेलले १३ रन बनाए ।
पुलिसका सागर ढकालले ५ विकेट लिए । पवन सर्राफले ३ तथा ललित राजवंशीले २ विकेट लिए ।
जितसँगै पुलिस दुई खेलबाट ४ अंक बनाएर अंकतालिकाको पहिलो स्थानमा छ । पहिलो खेलमा बागमती प्रदेशलाई पराजित गरेको पुलिस दोस्रो खेलमा सशस्त्र प्रहरीको एपीएफसँग पराजित भएको थियो ।
प्रतिक्रिया दिनुहोस्