
काठमाडौं । मेयर्स कप क्रिकेटमा विभागीय टिम नेपाल पुलिस क्लबले काठमाडौं मेयर–११ लाई १ सय ९८ रनको लक्ष्य दिएको छ ।
टियु क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको पुलिसले ४७ ओभर ४ बलमा अलआउट हुँदै १ सय ९७ रन बनायो । पुलिसका लागि योगेन्द्र सिंह कार्कीले सर्वाधिक ४० रन बनाए ।
यस्तै, कुशल भुर्तेलले ३४ रन जोड्दा पवन सर्राफले २८ रन बनाए । पुलिसका बम दिपेन्द्र सिंह ऐरी २४ रनमा आउट हुँदा सुनिल धमला २२ तथा दिलिप नाथ १२ रनमा आउट भए ।
काठमाडौंका लागि कप्तान सन्दीप लामिछाने, हरिशंकर साह र विपिन खत्रीले ३–३ विकेट लिए ।
पुलिसले ३ खेलमा ४ अंक जोडेको छ । काठमाडौंले २ खेलमा २ अंक जोडेको छ । पाँच टिम सहभागी प्रतियोगिताको शीर्ष दुई टोलीले उपाधिका लागि खेल्ने छन् ।
अहिले काठमाडौंले जवाफी ब्याटिङ गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस्