१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


इजरायलका प्रधानमन्त्री नेतान्याहुँ पहिलो पटक यूएईको औपचारिक भ्रमणमा जाँदै


0
Shares

एजेन्सी । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुँले आज पहिलो पटक युनाइटेड अरब इमिरेट्स यूएईको औपचारिक भ्रमण गर्ने भएका छन् ।

इजरायल र युृएईबीचको राजनैतिक र कुटनैतिक सम्बन्धलाई सुधार गर्दै अगाडि बढ्ने सहमति अनुसार प्रधानमन्त्री नेतान्याहु आज यूएई जान लाग्नुभएको हो ।

साथै युएईका राजा र युवराजको मैत्रीपूर्ण निमन्त्रणालाई स्वीकार्दै प्रधानमन्त्री नेतान्याहुले गर्न लागेको यस भ्रमणले दुई देशबीचको सम्बन्धका लागि महत्वपूर्ण हुने अपेक्षा गरिएको छ ।

गत जनवरीमा नै यूएईसँगै बहराइनको भ्रमण गर्ने कार्यतालिका सार्वजनिक गरेको इजरायलले कोरोना भाइरस महामारीका कारण भ्रमण स्थगीत गरिएको थियो ।